Nepal flag
  View In English                      होमपेज : ईमेल चेक   
  » गा.वि.स.स्तरीय बाषिक समिक्षा बैठक        » २० ‌‌औ जिल्ला परिषद् सम्पन्न >> स्थानीय विकास अधिकारी एव‌ परिषद्का अध्यक्ष श्री रामजी प्रसाद बरालले जिल्लाको आ.व. २०६८।०६९ को बार्षिक बजेट,नीति तथा कार्यक्रम प्रस्तुत >> चालु खर्च तर्फ २० करोड ७ लाख १० हजार (४७%) र पूँजीगत तर्फ रु. २२ करोड ६३ लाख ३५ हजार (५३%) विनियोजन >> प्रमुख अतिथिको रुपमा माननीय भौतिक योजना तथा निर्माण मन्त्री टोप बहादुर रायमाझीले पानसमा बत्ती बालेर उद्घाटन >> सामुदायिक रेडियो स्याङ्जा एफ एम ८९‍‍.०६ मेगाहर्जबाट कार्यक्रम अवधिभर प्रत्यक्ष प्रसारण >> बजेट, नीति तथा कार्यक्रम प्रभावकारी, दूरगामी र सबै क्षेत्रलाई समेटीएको जन अभिव्यक्ति <<      
  + अरु समाचारहरु पढ्नुहोस्  
गा.वि.स.हरू महत्वपुर्ण निर्णयहरु सहयोगी संस्थाहरु जनच‌ेतना अभियान फोटो ग्यालरी जिल्लामा संचालित कार्यक्रम र गै.स.स धार्मिक तथा पर्यटकिय स्थल
 
माघ २०६८
सोमंबुबिशु
०१०२०३०४०५०६०७
०८०९१०१११२१३१४
१५१६१७१८१९२०२१
२२२३२४२५२६२७२८
२९ 
समाचारहरु
 

२० ‌‌औ जिल्ला परिषद् सम्पन्न >> स्थानीय विकास अधिकारी एव‌ परिषद्का अध्यक्ष श्री रामजी प्रसाद बरालले जिल्लाको आ.व. २०६८।०६९ को बार्षिक बजेट,नीति तथा कार्यक्रम प्रस्तुत >> चालु खर्च तर्फ २० करोड ७ लाख १० हजार (४७%) र पूँजीगत तर्फ रु. २२ करोड ६३ लाख ३५ हजार (५३%) विनियोजन >> प्रमुख अतिथिको रुपमा माननीय भौतिक योजना तथा निर्माण मन्त्री टोप बहादुर रायमाझीले पानसमा बत्ती बालेर उद्घाटन >> सामुदायिक रेडियो स्याङ्जा एफ एम ८९‍‍.०६ मेगाहर्जबाट कार्यक्रम अवधिभर प्रत्यक्ष प्रसारण >> बजेट, नीति तथा कार्यक्रम प्रभावकारी, दूरगामी र सबै क्षेत्रलाई समेटीएको जन अभिव्यक्ति <<
----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------

स्याङ्जा जिल्लाको २० औं जिल्ला परिषद् २०६७ फाल्गुण २९ गते भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा माननीय भौतिक योजना तथा निर्माण मन्त्री टोप बहादुर रायमाझीले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो भने स्थानीय विकास अधिकारी श्री रामजी प्रसाद बरालले जिल्लाको तपसिल बमोजिमको बजेट {साराशमा} प्रस्तुत गर्नुभएको थियो ।

जिल्ला विकास अनुदान तर्फ रु. ३ करोड ७४ लाख, ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रम तर्फ रु. ८० लाख, स्थानीय यातायात पर्वाधार क्षेत्रगत कार्यक्रम तर्फ रु. २ करोड १० लाख, झो.पु क्षेत्रगत तथा स्थानीय स्तरका सडक पूल कार्यक्रम तर्फ रु. २ करोड १२ लाख, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना तर्फरु.३ करोड ८३ लाख, ग्रामीण पहुँच सुधार तथा विकेन्द्रिकरण परियोजना तर्फ रु. ५ करोड २ लाख, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम तर्फ रु. ४ करोड २५ लाख ५९ हजार, निर्वाचन क्षेत्र विकास कार्यक्रम तर्फ रु.१ करोड, साना सिंचाई कार्यक्रम तर्फ रु.३५ लाख, उपेक्षित,उत्पिडित र दलित वर्ग उत्थान समिति तर्फ रु. ३ लाख ७५ हजार, सडक वोर्ड तथा अन्य कार्यक्रम तर्फ रु.२० लाख र सामाजिक सुरक्षा कार्यक्रम तर्फ रु. १६ करोड, जनता मा.वि.विर्घा भवन निर्माण तर्फ रु १ करोड, जिल्ला विकास कोष तर्फ रु १ करोड ९४ लाख ८२ हजार, स्वयंसेवाको संस्थागत विकास तर्फ रु १० लाख, पर्यटन तथा नागरीक उडयान मंन्त्रालय मार्फका मन्दिर, गुम्वा र सूचना केन्द्र निर्माण तर्फ रु १० लाख समेत गरी कूल रु. ४९ करोड ७० लाख ४४ हजार व्यय हुने अनुमान गरिएको छ । जस मध्ये चालु खर्च तर्फ २० करोड ७ लाख १० हजार (४७%) र पूँजीगत तर्फरु. २२ करोड ६३ लाख ३५ हजार (५३%) विनियोजन गरिएको छ ।

----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
प्रकाशक : जिविस सूचना तथा अभिलेख केन्द्र - २०६७-११-२९

<< बाँकी सुचनाहरु

 
 
© वि. सं. २०६५-२०६६ ॥ सर्वाधिकार सुरक्षित